
काठमाडौं । सरकारले युवाहरुका लागि निःशुल्क रोजगारमूलक सिप विकास तालिम कार्यक्रम खुलाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषदले आइतबार सूचना जारी गर्दै निःशुल्क रोजगारमुलक सिप विकास कार्यक्रममा सहभागी हुन आवेदन माग गरेको छ ।
इच्छुक युवाहरुले यो तालिममा सहभागी हुन मंसिर १५ गतेभित्र परिषद् वा परिषद्को बेबसाइटमा दिइएको गुगल फर्मको लिंक वा क्युआरमा गएर आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
परिषद्ले १३ विधामा तालिमको लागि आवेदन खुलाएको हो । प्रत्येक बिधाको तालिम अवधी भने ३९० घण्टा छुट्टयाइएको छ । परिषद्ले प्लम्बर, टेलर(सिलाई कटाई), असिस्टेण्ट व्युटीशिएन, बिल्डिङ इलेक्ट्रिसियन, वरिष्टा, कुक(कमिज तेश्रो), सिकर्मी तथा डकर्मी मेसन, सामुदायिक पशु स्वास्थ्य कार्यकर्ता, मोटरसाइकल सर्भिस मेकानिक, बिल्डिङ पेन्टर, बारबर, भन्टेश्वरी र बेकर बिधामा तालिम गर्न इच्छुक युवाहरुले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।










प्रतिक्रिया