सवारी लाइसेन्स सेवा आंशिक रुपमा चल्यो


काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी चालक अनुमतिपत्र(लाइसेन्स) सम्बन्धी सेवा आंशिक रुपमा सुरू भएको जनाएको छ ।

विभागले सूचना जारी गर्दै गत शुक्रबार विभागको डाटा सेन्टरमा आएको प्राविधिक समस्या समाधान भएपछि आइतबारबाट विद्युतीय सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा आंशिक रुपमा सुरु भएको जनाएको छ ।

भदौ २४ को जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी भएको थियो ।