
काठमाडौं । लक्ष्मी सन्राइज बैंकले १०.५३ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको ३० कात्तिकमा बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभापछि सेयरधनीमा वितरण हुनेछ ।








प्रतिक्रिया