३ महिनामै शाेधनान्तर बचत साढे २ खर्ब, चालु खाता २ खर्ब ३८ बचतमा

91
Shares


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामै शोधनान्तर बचत ३ साढे २ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामै शोधनान्तर बचत २ खर्ब ६४ अर्ब ३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो ३ आर्थिक वर्षमा लगातार उच्च बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षका ३ महिनामै साढे २ खर्बभन्दा माथिले बचतमा पुगेको हो । गत आर्थिक वर्ष २०८१/८२ मा ५ खर्बभन्दा माथिले बचतमा रहेको शोधनान्तर स्थिति असोजसम्म १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको थियो ।

गत आर्थिक वर्षको पहिलो ३ महिनमा १ अर्ब ३८ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८८ करोड डलरले बचतमा छ ।

शोधनान्तर स्थिति मात्रै नभएर चालु खाता बचत पनि करिब साढे २ खर्ब रुपैयाँ बराबर पुगेको छ । असोज मसान्तसम्म चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको केन्द्रिय बैंकले जनएको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा चालु खाता १ खर्ब १५ अर्ब ३६ करोडले बचतमा थियो । अमेरिकी डलरमा चालु खाता बचत १ अर्ब ६९ करोड पुगेको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा ८६ करोड बचतमा थियो । यस्तै यस अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब रहेको थियो । आर्थिक वर्षका ३ महिनामा १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ८१ करोड थियो ।