
काठमाडौं । सर्वोत्तम सिमेन्टले २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको हो ।
सर्वोत्तमको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकको प्रस्ताव साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
कम्पनीको चुक्तापुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँका आधारमा २४ करोड ८७ लाख ७५ हजारबराबरको बोनस र ७४ करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण हुनेछ ।
गत आव कम्पनीले १५ प्रतिशत नगद लाभांश दिएको थियो ।










प्रतिक्रिया