सोलु हाइड्रोपावरले मंसिर ७ देखि पहिलो चरणमा आईपीओ निष्काशन गर्दै

63
Shares

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १० अर्ब रुपैयाँ बराबरकाको २० प्रतिशतले आउने २ करोड कित्ता शेयर प्रति कित्ता १०० रुपैयाँ दरले निष्काशनका लागि अनुमति पाएको थियो ।

जस अनुसार कम्पनीले पहिलो चरणमा १ करोड कित्ता शेयर स्थानीय बासिन्दाका लागि र १० लाख कित्ता सेयर वैदेशीक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

उक्त आइपीओमा न्यूनतमः १० कित्ता र अधिकतमः १ लाख कित्ता कित्तासम्म आवेदन दिन सकिनेछ ।

जसमा आयोजना प्रभावित क्षेत्रका स्थानियले छिटोमा मंसिर २१ र सो अवधीमा आवेदन अनुसारको माग पुरा नभएमा ढिलोमा पुस ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारमा रहेका नेपालीले छिटो–मा मंसिर १० र ढिलामा मंसिर २१ गनेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटल रहेका छन् ।