नेप्सेमा झिनो अंकको सुधार, साढे ३ अर्बको कारोबार

35
Shares

काठमाडौं । सेयर बजारमा झिनो अंकको सुधार आएको छ ।

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३१ अंकले बढेर २५४४.९१ बिन्दुमा रोकिएको छ ।

अघिल्लो दिन बुधबार भने नेप्से २०.५६ अंकले घटेको थियो ।

बिहीबार नेप्सेमा कुल ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ३ अर्ब ७७ करोड माथिको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएकामध्ये १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको घटेको छ ।

यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ । बिहीबार छ कम्पनीको सेयर मूल्यमा नौ प्रतिशत माथिको वृद्धि भएको छ ।