
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुई महिनादेखि ग्राउन्डेड ट्वीनअटर विमान सञ्चालनमा ल्याएको छ । निगमको ९एन–एबीटी ट्वीनअटर जहाज आवश्यक मर्मतपछि सञ्चालनमा आएको छ ।
निगमसँग देशका विभिन्न दुर्गम भेगमा आन्तरिक उडान गर्दै आएको ट्वीनअटर डीएचसी–६ जहाज मध्ये सेप्टेम्बर २०२५ देखि इन्जिन मर्मत् तथा वार्षिक जाँच गर्न ग्राउन्डेड उक्त जहाज सञ्चालनमा आएको हो ।
जहाजको आवश्यक मर्मतसम्भारपछि सोमबार परिक्षण उडान गरेर बुधबारदेखि नियमित सञ्चालनमा ल्याएको पनि निगमले जानकारी दिएको छ । अबदेखि निगमका दुईवटै जहाजमार्फत् व्यावसायिक उडान सुरू भएको निगमका प्रवक्ता अनिले घिमिरेले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रिया