एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, साधारणसभा बोलायो

28
Shares

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कात्तिक २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सो लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौंमा बिहान ९ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।