
काठमाडौं । व्यक्तिको जग्गा सरकारले प्रयोग गरेवापत स्याङ्जाका श्यामप्रसाद श्रेष्ठलाई सरकारले १ करोड रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । कात्तिक २४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सोमबार मंगलबार सार्वजनि गर्दै सरकारले उनलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाको कार्यालयले प्रयोग गरेको जग्गावापतका क्षतिपूर्ति दिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् वैठकले योसहति विभिन्न १७ वटा निर्णय गरेको छ ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।
सरकारले भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने नेपाल भारत समन्वयात्मक बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेदखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, भू उपयोग नियमावली २०८२ स्वीकृत गर्नेसहितका निर्णयहरू मन्त्रिपरिषदले गरेको छ ।












प्रतिक्रिया