
काठमाडौं । जीडब्लुएम नेपालले बहुप्रतिक्षित ‘ट्याङ्क’ सिरिज ट्याङ्क ३०० एचईभी र ट्याङ्क ५०० पीएचईभी औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
नेपालका प्रीमियम एसयूभी क्षेत्रमा यो सिरिजले लक्जरी, प्रविधि र अफ–रोड क्षमताको शक्तिशाली संयोजन प्रस्तुत गर्दै नयाँ युगको सुरुवात गरेको कम्पनीले जनाएको छ ।
ट्याङ्क सिरिजले विश्वभरका ग्राहकहरूको मन जितिसकेको कम्पनीको भनाइ छ । चेंगडु अटो शो २०२१ र चीनमा २०२२ मा पहिलो पटक प्रस्तुत गरिएको यो ब्रान्ड अहिले इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्यूजिल्याण्ड लगायतका बजारमा शक्ति, शैली र विश्वसनीयताका कारण चर्चित बनेको छ । हालसम्म यसले ४ लाखभन्दा बढी बिक्री गर्दै अफ–रोड प्रेमीहरूको रोजाइमा परेको छ ।
नेपालमा ट्याङ्क ब्रान्डको प्रवेशले जीडब्लुएमको बजारप्रतिको प्रतिबद्धता मात्र होइन, देशमा अफ–रोड संस्कृतिको विस्तार गर्ने नयाँ अध्याय सुरु गरेको कम्पनीको भनाइ छ । विश्व बजारमा ट्याङ्क ब्रान्डले ८७.५९ प्रतिशत वृद्धिदर हासिल गरेको कम्पनीले जनाएको छ ।
मुख्य विशेषताहरू
सर्वभू–भाग क्षमता: एड्भान्स ४डब्ल्यूडी प्रणालीसहित ढुंगा, बालुवा, हिलो र हिउँका लागि फरक–फरक ड्राइभ मोड, जसले नेपालका विविध भौगोलिक क्षेत्रका लागि उपयुक्त बनाउँछ।
हाइब्रिड शक्ति र प्रदर्शन: ट्याङ्क ५०० पीएचईभीमा टर्बो चार्ज्ड इन्जिन र शक्तिशाली इलेक्ट्रिक मोटरको संयोजन छ, जसले तुरुन्त टर्क र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्छ ।
लक्जरी र बलको मेल: प्रिमियम इन्टेरियर, उच्च गुणस्तरका सामग्री, डिजिटल डिस्प्ले र इन्टेलिजेन्ट सिस्टमहरूले एसयूभी अनुभवलाई नयाँ स्तरमा पुर्याउँछ ।
स्मार्ट सेफ्टी र प्रविधि: एडिएएस, ३६० डिग्री क्यामेरा र इन्टेलिजेन्ट ड्राइभ असिस्ट प्रणालीले सडक वा अफ–रोडमा अधिकतम नियन्त्रण सुनिश्चित गर्छ ।
आकर्षक डिजाइन: बलियो र दमदार लुक, जसले जीडब्लुएमको “पावर विथ पर्पोज” भिजनलाई झल्काउँछ ।
इन्जिन र प्रदर्शन
नेपालमा सार्वजनिक ट्याङ्क सिरिजमा २.० लिटर टर्बो पेट्रोल एचईभी र पीएचईभी भेरियन्ट उपलब्ध छन्, जसमा ९–स्पिड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ ।
ट्याङ्क ३०० एचईभी: ३५१ पीएस पिकअप पावर र ६४८ एनएम टर्क
ट्याङ्क ५०० पीएचईभी: ४०८ पीएस पिकअप पावर र ७५० एनएम टर्क
यी दुवै मोडलहरू पहाड, बाटो वा राजमार्ग हरेक यात्रामा सहजता र शक्ति प्रदान गर्न तयार कम्पनीले जनाएको छ । नेपालमा जीडब्लुएम ट्याङ्क सिरिजको आगमनले लक्जरी र विद्युतीकरणको नयाँ युग प्रारम्भ गरेको छ जसले नेपाली एसयूभी बजारमा शक्ति, शैली र प्रविधिको नयाँ परिभाषा दिएको कम्पनीको भनाइ छ ।







प्रतिक्रिया