
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा सोमबार साँझ भएको बम विस्फोटमा जनधनको क्षति भएकोमा प्रधानमन्त्री सुशीला कार्कीले दुःख प्रकट गरेकी छन् ।
मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै कार्कीले शोकको घडीमा भारतसँग नेपालको एक्यबद्धता रहेको बताएकी छन् ।
‘दिल्लीमा हिजो साँझ भएको त्रासद विस्फोटको घटनाले मलाई स्तब्ध र दुःखी बनाएको छ । घटनामा मृत्यु भएका मानिसको परिवारसँग मेरो समवेदना छ र घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभका लागि म प्रार्थना गर्छु । शोकको यस घडीमा नेपाल भारतसँग एक्यबद्धता प्रकट गर्दछ,’ प्रधानमन्त्री कार्कीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै पोस्टमा उल्लेख गरेकी छन् ।









प्रतिक्रिया