
काठमाडौं । ऊर्जासहित तीनवटा मन्त्रालय हाँकिरहेका मन्त्री कुलमान घिसिङले पूर्वऊर्जासचिव अनुप उपाध्यायलाई अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने तयारी गरेका छन् ।
यसअघि कुलमानकै नेतृत्वमा दल दर्ता गर्ने तयारी रहेको भए पनि आइतबार भने उपाध्यायलाई अध्यक्ष बनाएर दल दर्ता गर्ने सहमति जुटेको स्रोतको दाबी छ ।
पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने सहमति यसअघि भएको भए पनि त्यसमा फेरि छलफल भएर उज्यालो नेपाल नै राख्ने सहमति भएको स्रोतको दाबी छ । तर, अर्को स्रोतले भने उज्यालो नेपाल राख्दा एक व्यक्ति अर्थात कुलमानको मात्र हुने भएर नेपाल जनसेवा राख्ने सहमति जुटेको दाबी गरेका छन् ।
शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका घिसिङको पार्टी घोषणा गरेर दर्ता गर्ने तयारीमा जुटेका हुन् ।
घिसिङको पार्टीले चुनाव चिह्ने भने बिजुलीको चिम माग्ने भएका छन् । भ्याएसम्म आज अपराह्न नभए भोलि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिने तयारी रहेको स्रोतले जनाएको छ।
पूर्वऊर्जासचिव उपाध्ययले पार्टी गठनको तयारी रहेको क्लिकमान्डुसँग बताए । उपाध्यायलाई संयोजक बनाएर पार्टी दर्ताको तयारी रहेको बारे गरिएको प्रश्नमा उनले आंशिक सत्यतता रहेको बताए ।
‘तपाईंको नेतृत्वमा कुलमान लगायतले नयाँ पार्टी बनाउन लाग्नु भएको हो ?’ भन्ने क्लिकमान्डुको प्रश्नमा उनले भने,’‘तपाईंले सुन्नुभएको कुरा एक चौथाई सत्य हो । बाँकी कुरा पछि गरौंला ।’
तत्कालको लागि अध्यक्ष/संयोजक मात्र तोक्ने र बाँकीलाई केन्द्रीय सदस्यमात्र राख्ने तयारी रहेको स्रोतको भनाइ छ । उनकाअनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी बन्ने छ । सुमना श्रेष्ठ, जेनजी आगुवाहरू लगायतलाई दोस्रोचरणमा समेट्ने तयारी रहेको उनको भनाइ छ ।
कुलमान निटक स्रोतले उक्त दललाई बालेनको पनि समर्थन रहने दाबी गरेको छ । तर, बालेन निकट स्रोतले भने उनी अहिले कुनै राजनीतिक दलमा खुल्ने सम्भावना नरहेको दाबी गर्छ ।







प्रतिक्रिया