
काठमाडौं । सिटिजन्स बैंकले ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ । बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको बैंकले जनाएको छ
‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण कदम रहेको र जसको माध्यमबाट साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा ऋण सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।
सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस डिजिटल ऋण योजना अंतर्गत व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्ने बैंकले जनाएको छ ।
योग्य ग्राहकहरूले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । उक्त सुविधा अन्तर्गत न्यूनतम ५० हजार देखि अधिकतम ५ लाख रुपैयाँ ऋण लिन सकिने बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । ऋण भुक्तानी मासिक किस्ता मार्फत गर्नुपर्ने बैंकले जनाएको छ ।
नयाँ डिजिटल ऋण सुविधा मार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाई उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउने विश्वास सहित उक्त सुविधा सुरु गरेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट लोन एउटा कोशेढुङ्गा भएको र यसले कर्जालाई सहजरूपमा ग्राहक र बैंकसँग जोड्ने बैंकका प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातीले बताए ।







प्रतिक्रिया