
काठमाडौं । केयी सवारीधनीको भेट र्याली आयोजना गरिएको छ । केईको नेपालका आधिकारिक आयातकर्ता जीओ अटोमोबाइल्स र लक्ष्मी ई-मोबिलिटीले थापाथलीस्थित केई शोरूमदेखि क्लब हिमालय, नगरकोटसम्म रमाइलो र अर्थपूर्ण यात्रा गराएको हो ।
र्यालीमा ५६ वटा केई गाडी र १९३ जना सहभागी (मिडिया प्रतिनिधि र इन्फ्लुएन्सर सहित) सहभागी थिए । यस कार्यक्रमको उद्देश्य ग्राहकबीचको सम्बन्ध अझ मजबुत बनाउनु र वातावरणमैत्री यात्रा प्रवर्द्धन गर्नु रहेको बताइएको छ ।
सहभागीले ड्राइभसँगै प्रकृति, रमाइला खेल र समूहगत क्रियाकलापहरूको आनन्द लिएका थिए ।
क्लब हिमालय पुग्नेबित्तिकै सहभागीलाई स्वागत कार्यक्रम, अन्तरक्रियात्मक सत्र र भेटघाटका अवसरहरू प्रदान गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणमध्ये एक सीपीआर सम्बन्धी सचेतना र तालिम सत्र थियो ।
सो अवसरमा स्वास्थ्यकर्मीले आपतकालीन अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्ने सिकाएका थिए । यसले सडक सुरक्षा र जिम्मेवार ड्राइभिङप्रति जागरूकता बढाएको कम्पनीको दाबी छ ।

















प्रतिक्रिया