
काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०२ अंक अर्थात् १.१५ प्रतिशतले घटेर २५६६.०९ बिन्दुमा सीमित भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से ११.२९ अंकले घटेर २५९६.१२ बिन्दुमा सीमित भएको थियो ।
आइतबार नेप्सेमा कुल ४ अर्ब ९० करोड रुपैयाँ बढीको कारोबार भएको छ । गत साताको बिहीबार भने नेप्सेमा कुल ५ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये २८ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि हुँदा उन्नत सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।







प्रतिक्रिया