हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारी ठगी आरोपी बम्जन पक्राउ

70
Shares

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञानबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा उनी भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट भागेका उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–२६ ठमेलबाट पक्राउ गरेको हो ।

सिन्धुलीको दुधौली नगरपालिका–७ घर भएका ५४ वर्षीय बम्जन गीतेन्द्रबाबु राई (जीबी)का जेठान हुन् । पोखरामा सञ्चालित सूर्यदर्शन सहकारीको रकम घोटाला प्रकरणमा उनलाई अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं ले २०८१ पुस २१ गते रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दायर गरेको थियो। त्यसबेला बम्जन प्रतिवादीको सूचीमा थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले बम्जनविरुद्ध पूरक अनुसन्धान पेश गर्ने तयारी भइरहेको जनाएको छ ।