
काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका नाममा उद्योगि र व्यवसायीमाथि भएको आक्रमण अस्वीकार्य भएको बताएकी छिन् ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताएकी हुन् ।
‘भ्रष्टाचार, दलगत कमिसनको सञ्जाल सह्य छैन, लोकतन्त्रको नाममा लुटतन्त्र हामीलाई स्वीकार्य छैन,’ कार्कीले भनिन्, ‘इमानदार उद्योगिलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्ने पोसिने अवस्था ठिक हुँदैन ।’ उनले जनेजी आन्दोलनका नाममा निजी क्षेत्रमाथि भएको आक्रमण अस्वीकार्य भएको बताइन् ।
‘हाम्रो अर्थतन्त्रको जग रेमिट्यान्स, प्राकृतिक स्रोत र पर्यटन बलियो हुँदाहुँदै पनि संरचनागत कमजोरी र पुँजी पलायनका कारण मिहिनेतअनुसारको फल पाउन सकेका छैनौं,’ कार्कीले भनिन्, ‘युवाहरुले देशमा काम पाउन नसकेरी विदेशिनु परेको छ । उद्योगधन्दामा लगानी नबढेको, बैंकको ऋण नउठ्ने समस्याले बजारमा निरासा छाएको विषयलाई सरकारले स्वीकार गर्दछ ।’
उनले मुलुकले पछिल्ला दशकमा आन्दोलन, भुकम्प, कोरोना महामारी, बाढीपहिरो जस्ता चुनौति भोग्दै आएपनि अहिलेको चुनौति थप फरक भएको बताइन् । यो आत्मविश्वसा र सूचनासँग जोडिएको विषय भएको उनको भनाइ छ ।








प्रतिक्रिया