चन्द्रागिरी केबलकार र भालेश्वर मन्दिर दुई महिनापछि सञ्चालनमा, पर्यटकको चहलपहल बढ्यो (तस्बिरहरू)

84
Shares

काठमाडौं । बन्द रहेकको चन्द्रागिरी केबलकार र भालेश्वर मन्दिर दुई महिनापछि शनिबारदेखि पुनः सञ्चालनमा आएको छ ।

जेनजी आन्दोलनका क्रममा गत् भदौ २४ गते भएको तोडफोडपछि चन्द्रागिरी केवलकार र भालेश्वर मन्दिर दुई महिनादेखि बन्द थियो ।

पुनर्संरचना तथा मर्मत–सम्भार सम्पन्न पश्चात शनिबारदेखि चन्द्रागिरी केबलकार र भालेश्वर मन्दिर पुनः सञ्चालनमा ल्याइएको हो । शनिबारदेखि केबलकार सेवा र मन्दिर क्षेत्र सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।

केबलकार सेवा पुनः सुरु भएपछि पर्यटक तथा भक्तजनहरू भालेश्वर मन्दिर दर्शनका लागि चन्द्रागिरी पुग्न थालेका छन्। बन्दका कारण सुनसान रहेको उक्त क्षेत्रमा आजदेखि फेरि चहलपहल बढेको छ ।