नेप्सेमा ११ अंकको गिरावट, साढे ५ अर्बको कारोबार

21
Shares

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेर २५९६.१२ बिन्दुमा सीमित भएको हो ।

अघिल्लो कारोबार दिन बुधबार भने नेप्से १२.१७ अंकले बढेर २६०७ बिन्दुमा पुगेको थियो । बिहीबार नेप्सेमा कुल ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज दरमखोला हाइड्रो इनर्जी र माबिलुङ इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सम्पदा लघुवित्त कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।