साढे ४ अर्ब खर्चेर ९० मेगावाट सौर्य ऊर्जा निकाल्दै सोलार फार्म, डोल्माको ५८% लगानी

2.5k
Shares

काठमाडौं । सोलार फार्म लिमिटेडले साढे ४ अर्ब रुपैयाँ लगानीमा दुईवटा सोलार आयोजना बनाइरहेको छ । कम्पनीले सोलार फार्म लुम्बिनी ५० मेगावाट र सोलार फार्म बुद्धभूमि ४० मेगावाट गरी ९० मेगावाटको सोलार आयोजना बनाउने भएको हो।

कम्पनीले उक्त आयोजना निर्माण गर्न इक्वीटीमार्फत् ४० प्रतिशत र ६० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गर्ने भएको छ ।

सन् २०१६ मा स्थापना भएको कम्पनीले गत आर्थिकमा ५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा ५ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो । कम्पनीले हाल तनहुँको सुक्लागण्डकी गाउँपालिकामा ५ मेगावाटको बेलचौरा सोलार पावर आयोजना सञ्चालन गर्दै आएको छ ।

कम्पनीमा डोल्मा इम्प्याक्ट फण्डको ५७.७८ प्रतिशत स्वामित्व छ । जसमा कम्पनीको इक्वीटी सेयर रहेको रेटिङमा उल्लेख छ । आशबहादुर गुरुङ अध्यक्ष रहेको कम्पनीको लेखनाथ पाण्डे प्रबन्ध निर्देशक हुन् ।