
काठमाडौं । कृषि विकास बैंकको लाभांश घोषणा भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
यसमध्ये ३.२५ प्रतिशत बोनस सेयर रहेको छ भने ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।
कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसका साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ ।







प्रतिक्रिया