नेप्से ८.२४ अंकले घट्यो, कारोबार ६ अर्बमा सीमित

42
Shares

काठमाडौं । लगातारको दुई दिनको वृद्धिपछि सेयर बजारमा गिरावट आएको छ ।

साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अंकले घटेर २६२२.८९ बिन्दुमा रोकिएको छ ।

सोमबार कारोबारको सुरुवाती चरणमा उकालो लाग्दै नेप्से २६५० बिन्दसम्म पुगेपनि त्यसपछि भने घट्न थालेको थियो ।

अघिल्लो कारोबार दिन आइतबार नेप्से ३०.७५ अंकले बढेको थियो भने गत साताको बिहीबार ३४.२२ अंकले बढेको थियो ।
सोमबार नेप्सेमा कुल ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिन आइतबार भने ७ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ७२ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ ।