नेप्सेमा ३०.७५ अंकको वृद्धि, ९ अर्ब माथिको कारोबार हुँदा ५ कम्पनीको मूल्यमा सर्किट

126
Shares

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.७५ अंकले बढ्दै २६३१.१४ बिन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से ३४.२२ अंकले बढेर २६०० बिन्दुमा उक्लिएको थियो ।

आइतबार नेप्सेमा कुल ९ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार भने ५ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये २०५ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको घटेको छ । यस्तै, तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आइतबार पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा दुई कम्पनीको मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ ।