
काठमाडौं । आइतबार(आज) नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ । शुक्रबार सुन तोलामा २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ भने आज घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।







प्रतिक्रिया