
काठमाडौं । काठमाडौंको ठमेलमा रहेको पर्पल हेज रक बारले एकै वर्ष २३ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २३ करोड बढीको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १९ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा १५ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा ९ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीकाअनुसार पछिल्लो तीन वर्षमा ३४ प्रतिशतले कारोबार बढेको रेटिङमा उल्लेख गरेको छ । कम्पनीले गत आवमा २३ करोड रुपैयाँको कारोबार गर्दा ५१ प्रतिशत बियरबाट मात्रै भएको छ भने २२ प्रतिशत बेभरेजबाट भएको जनाएको छ ।
सन् २०१२ मा स्थापना भएको कम्पनीले कन्सर्ट हल कम बार र रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ । पर्यटकीय क्षेत्र ठमेलमा रक बार निकै नै चर्चित छ ।
कम्पनीको हाल चुक्ता पुँजी १४ करोड रुपैयाँको छ । कृष्ण सेनको ८० प्रतिशत र स्वाप्नल शर्माको २० प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि ५७ करोड १८ लाख रुपैयाँको रेटिङ गराएको छ ।







प्रतिक्रिया