३४ अंकले बढ्दै नेप्से २६०० बिन्दुमा, साढे ७ अर्बको कारोबार

35
Shares

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.२२ अंकले बढेर २६००.३८ बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन बुधबार नेप्से ५.१७ अंकले घटेको भएपनि त्यसअघिका तीन कारोबार दिन भने लगातार बढेको थियो ।

बिहीबार नेप्सेमा कुल ७ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार भने नेप्सेमा कुल ५ अर्ब ३८ करोड माथिको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएकामध्ये २१६ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।