श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँट

77
Shares

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्काशन गरेको थियो ।

सो आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको छ भने २६ हजार ६३६ आवेदन रद्द भएको छ ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ ।

यस अनुसार २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ३ कित्ता सेयर सोही लगानीकर्ताहरुमाझ वितरण गरिएको छ ।

जसअनुसार ३ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।