आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

7.8k
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार तोलामा ७ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकिएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको थियो ।

मंगलबार २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २ हजार ९६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसअघि मंगलबार चाँदी २ हजार ९२० रुपैयाँ कारोबार भएको थियो ।

तिहारपछि मात्रै सुन प्रतितोला १७ हजार २ सय रुपैयाँले सस्तो भएको छ ।

असोज ३१ गते सुनको मूल्य इतिहासमै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो भने त्यही दिन चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।