
काठमाडौं । मौसम धुम्म भएसँगै भिजुअल फ्लाइट रुल्स (भीएफआर) बन्द भएको र इन्टुमेन्टल फ्लाइट रुल्स (आइएफआर) मात्रैबाट उडान अवतरण भइरहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको उडान अवतरणमा ढिलाइ भइरहेको छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमानहरु काठमाडौंको आकाशमा फन्का लागइरहेका छन् ।
चीनको ग्वान्झाउबाट आएको विमान निजगढको आकाशमा फन्का मारिरहेको छ । जनकपुरबाट काठमाडौं आएको विमान लालबन्दीमा फन्का मारेर अहिले विमानस्थलतर्फ गएको छ । पोखराबाट काठमाडौं आइरहेको विमान पनि भरतपुरको आकाशमा फन्को मारिरहेको छ ।
उडानमा ढिलाइ मात्रै भएको र आइएफआरबाट मात्रै उडान भएकोले केहीलाई उडान अवतरणमा समय लागेकाे भएपनि कुनै समस्या नभएको र यो नियमित प्रक्रिया भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।









प्रतिक्रिया