प्रभु बैंकको ४ लाख कित्ता भन्दा बढी संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने

616
Shares

काठमाडौं । प्रभु बैंकका १० जना संस्थापक सेयरधनीले सेयर बेच्ने भएका छन् ।  बहालवाला संस्थापक सेयरधनीले खरिद नगरेपछि बैंकले उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । 

बैंकमा रहेका १० संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ४ लाख कित्ता भन्दा बढी संस्थापक सेयर बिक्री गर्न चाहेकाले बैंकले सोमबारदेखि नै उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्तासँग अनवेदन मागेको छ ।  

१० संस्थापक सेयरधनीको ४ लाख २२ हजार ७ सय ७१ कित्ता सेयर खरिद गर्न लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एन्ड प्रपर टेस्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्ने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।