
काठमाडौं । नेपाली बजारमा एपोलो ब्रान्डको टायर तथा सिट बेच्ने एर्रो इन्टरनेशनलले गत आर्थिक वर्षमा १ अर्ब ३६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १ करोड रुपैयाँले व्यापार बढेको पाइएको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब १६ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ४० करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१० मा स्थापना भएको कम्पनी एपोलो ब्रान्डको टायर बेच्ने आधिकारिक कम्पनी हो । कम्पनीको नवलपरासी र काठमाडौंमा दुई वटा शाखा कार्यालय छन् भने केन्द्रिय कार्यालय वीरगञ्जमा छ ।
कम्पनीमा दुई जनाको स्वामित्व छ । राजेन्द्रकुमार काब्राको ८५ प्रतिशत र बाँकी सन्दिपकुमार मोहताको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड १२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १३ करोड १२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९७ करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीको देशभर १२० भन्दा बढी होलसेलर छन् । ओम्नी ग्रुपद्धारा सञ्चालित कम्पनीले गत आवको ११ महिनाको अवधिमा गरेको व्यापारमध्ये ७५ प्रतिशत टायरबाट भएको उल्लेख गरेको छ ।








प्रतिक्रिया