डाइबेटिजसहितको औषधि बेच्ने यति फर्माकेमले एकै वर्ष गर्‍यो करिब ४ अर्बको व्यापार

469
Shares

काठमाडौं । यति फर्माकेम डिस्ट्रिब्यूटर्स प्रालिले एकै वर्ष करिब ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२४ मा ३ अर्ब ६२ करोड रुपैयाँ व्यापार गरेको कम्पनीले सन् २०२३ मा ३ अर्ब २६ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ८६ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ६१ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको व्यापार हरेक वर्ष बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ ।

पछिल्लो ४ वर्षमा व्यापार समग्रमा १० प्रतिशतको दरले बढेको कम्पनीले जनाएको छ। सन् २०२५ मा भने ६ प्रतिशतले व्यापार बढेको कम्पनीको भनाइ छ ।

सन् २००१ मा स्थापना भएको कम्पनीले औषधिको व्यापार गर्दै आएको छ । कम्पनीले आस्थामा(दम), डाइबेटिज(मधुमेह)लगायत अन्य रोगको औषधिको व्यापार गर्दै आएको छ ।

कम्पनीले विभिन्न प्रकारका औषधि उत्पादन तथा व्यापार गर्दै आएको छ । प्रभुराज वैद्य र पृथ्वीराज वैद्यको बराबर हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७५ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १४ करोड ३० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६१ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।