
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले १२ करोड १७ लाख रुपैयाँ बराबर नगद लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ हाराहारीमा छ ।







प्रतिक्रिया