५० दरका ४२ करोड वटा नोट चीनमा छापिँदै, १ अर्ब ४५ करोड खर्च

651
Shares

काठमाडौं । ५० रुपैयाँ दरको ४२ करोड थान नेपाली नोट चीनमा छापिने भएको छ । ५० को नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले पाएको हो ।

१ करोड ४ लाख २२ हजार ३३५.२५ अमेरीकी डलरमा उक्त नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलिभरी गर्नेगरी चिनियाँ कम्पनीले ठेक्का पाएको हो ।

कम्पनीले राष्ट्र बैंकले तोकेको सर्तमा रहेर पेश गरेको बोलपत्रमा उक्त नोट छपाईका लागी कम्पनीले गरेको आर्थिक प्रस्ताव सबैभन्दा कम भएपछि उक्त नोट छपाईको ठेक्काकम्पनीलाई दिनेको लागि राष्ट्र बैंकले आशयपत्र राष्ट्र बैंकले पठाएको छ ।