
काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको पुँजी बढाएर न्यूनतम ५ अर्बसम्म पुर्याउन सेयरधनीले सुझाव दिएका छन् ।
कम्पनीको २०८२ असोज ३ गते बसेको सञ्चालक समितिको २१६ औं बैठकको निर्णयानुसार भदौ २५ गते दिन बोलाइएको कम्पनीको सत्रौं बार्षिक साधारण सभा जेनजी प्रदर्शनका कारण रोकिएको थियो ।
यसपछि, २०८२ भदौ ३१ भएको साधारणसभामा डमरु बल्लब घिमीरेले पुँजी बढाएर न्यूनतम ५ अर्बसम्म पुर्याउन सुझाव दिएका हुन् ।
कम्पनीको चुक्ता पुँजी अत्यन्त न्यून रहेको बताउँदै उनले आगामी वर्षहरुमा पुँजी बृद्वि गरि न्यूनतम ५ अर्बसम्म पुऱ्याउनुपर्ने सुझाव दिदै पुँजी बृद्धि भएमा कम्पनी ठूला पूर्वाधार क्षेत्रमा लगानी गर्न सक्षम भई थप मजबुत वित्तीय हैसियत कायम गर्न सक्ने विश्वास व्यक्त गरे ।
उनले वार्षिक प्रतिवेदनको पछिल्लो भागमा सेयरधनीहरुको फोटो पनि समावेश गराउन सके प्रतिवेदन अझ समावेशी र सन्तुलित हुने विचार राखेका थिए ।







प्रतिक्रिया