
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी घोषणा गरेका छन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकलाई सम्बोधन गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका हुन् ।
उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताए । उनले नियमित महाधिवेशन हुने पनि बताए ।








प्रतिक्रिया