राष्ट्र बैंकले यो वर्ष धनतेरसमा सुनका असर्फी नबेच्ने, १० ग्रामका चाँदीका सिक्का मात्रै बेच्दै

322
Shares

काठमाडौं । यस वर्षको तिहारको लागि नेपाल राष्ट्र बैंकले सुनका असर्फी बिक्री नगर्ने भएको छ । तर, चाँदीको मेडालियन (सिक्का) भने बिक्री गरिरहेको छ ।

नेपालीहरुले तिहारमा लक्ष्मी पुजा गर्न धनतेरको दिन सुन चाँदी जस्ता बहुमूल्य धातुहरु जोड्ने र लक्ष्मीपुजामा पुजा गर्ने संकृति र परम्पराको रुपमा रहँदै आएको छ । यस संकृति अनुसार नै राष्ट्र बैंकको टक्सार महाशाखाले हरेक वर्ष तिहारअघि सुनका असर्फी र चाँदीका मेडालियन सिक्का बिक्री गर्दै आएको छ ।

यो वर्ष भने सुनका असर्फी बिक्री नभएको राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेले बताए । चार प्रकारका चाँदीका मेडालियन सिक्का भने बिक्री भइरहेको उनले बताए ।

चाँदीका मेडालियन सिक्कामा लक्ष्मी, गणेश, गजलक्ष्मी, गाई अंकित रहेको र सबै सिक्का १० ग्रामको बिक्री भइररहेको छ । चाँदीका सिक्मा पनि १० ग्राम बाहेकको अन्य बिक्री नभएको उनले बताए ।

१० ग्राम चाँदीको मेडालियन सिक्काको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ ।
सिक्का किन्नको लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्नेछ।