बैंककबाट काठमाडौं आएका ३ भारतीय ११ किलो गाँजासहित विमानस्थलबाट पक्राउ

119
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख र ३२ वर्षीया जैनब वशीर रहेका छन् ।

एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा झण्डै ११ किलो २७५ ग्राम गाँजा फेला पारेपछि नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ ।