
काठमाडौं । काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ (अप्सरा कार्की) मृत अवस्थामा फेला परेकी छन् ।
उनको हत्या गरेको आरोपमा श्रीमान् ३५ वर्षीय छिरिङ (तेन्जिङ) शेर्पा पक्राउ परेका छन् । संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका शेर्पाले आइतबार दिउँसो श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अप्सरा आफ्नै डेरामा मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा श्रीमान्को संलग्नता पुष्टि भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक तथ्यअनुसार, दम्पतीबीच वादविवाद भएको बेला तेन्जिङले कुटपिट र ढुंगाले प्रहार गर्दै अप्सराको हत्या गरेको प्रहरीको भनाइ छ।








प्रतिक्रिया