इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

854
Shares

काठमाडौं । प्यालेस्टाइनी समूह हमासले रिहा गर्ने बन्दीहरूको नाम सार्वजनिक गरेको तर उक्त सूचीमा नेपालका विपिन जोशीको नाम छैन ।

इजरायलसँगको युद्धविराम सहमति अन्तर्गतको पहिलो चरणमा सोमवार २० जना बन्दीहरूको रिहाइ गरिने भएको छ । उक्त सूचीमा जोशीसहित इजरायली सैनिक तमिर निमरोदीको नाम पनि त्यसमा छैन।

रेडक्रसका बसहरू गाजाको उत्तरी भागतर्फ गएका इजरायली सेनाले जनाएको छ । त्यहाँ एक मिटिङ पोइन्टमा इजरायली बन्दीहरूलाई हमासले हस्तान्तरण गर्नेछ ।

विपिनको अवस्थाका विषयमा हमासले स्पष्ट पारेको छैन ।

इजरायली अधिकारीहरूले दुई वर्षअघि हमासको कब्जामा परेका जोशी अब जीवित नरहेको पुष्टि गरेका छन् । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशी जीवित नभएको दुःखद् खबर इजरायली अधिकारीहरूले औपचारिक रूपमा पुष्टि गरेको जनाएका छन् ।

इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इजरायली सेनाका कमाण्डरहरूले अमेरिकामा रहेका विपिनकी आमा र बहिनीलाई तथा नेपालमा रहेका उनका आफन्तलाई विपिन जिवित नरहेको जानकारी गएको पण्डितले जानकारी दिए । उनको शवको अवस्थाबारेसमेत जानकारी गराइएको छैन ।

हमास समूहले विपिनलाई २०८० असोज २३ मा किबुत्ज आलुमिमबाट अपहरण गरेको थियो ।