प्रचण्डको घरबाट दुईवटा ट्रकमा २ करोड लगिएको दाबी गर्ने पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी

336
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दर्ता गराएको छ ।

सुवेदीले एक अन्तर्वार्तामा प्रचण्डको निवासबाट जेनजी आन्दोलनको दुई दिनअघि २ करोड रुपैयाँ दुईवटा ट्रकमा निकालिएको दाबी गरेका थिए ।

त्यसपछि प्रचण्डको सचिवालयले उक्त दाबीलाई पुष्टि गर्न चुनौती दिएको थियो ।

सामाजिक सञ्जालबाट पार्टी नेतृत्वबिरुद्ध चरित्रहत्या गरिँदा गम्भीर साइबर अपराध भएकाले सुवेदीबिरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको माओवादी केन्द्रले जनाएको छ ।

संयोजक प्रचण्डको सचिवालयका तर्फबाट आइतबार ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरि कानुनी कारबाहको माग गरिएको छ ।