१५ जना सहसचिवको सरुवा

0
Shares

काठमाडौं । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) का १५ जना अधिकृतहरूको सरुवा गर्ने निर्णय गरेकोसञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।

‘राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवलाई सरुवा गरी नयाँ जिम्मेवारी तोक्ने निर्णय भएको छ,’ मन्त्री खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भने ।

त्यस्तै, न्याय सेवामा पनि सरुवा गरिएको छ । नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको समेत सरुवा गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए ।