गुन्डुबाट ओलीले भने: सुशीला कार्कीसँग डराएर भाग्दिनँ,गृहमन्त्री बाबु धेरै नचम्किनू

168
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पासपोर्ट रोक्न र उपत्यका छोड्न प्रतिबन्ध लगाएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री सुशीला कार्कीको डरले आफू नभाग्ने बताए ।

भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूलाई पक्राउ गर्ने वा चलाखीपूर्ण व्यवहार देखाउँदै धम्क्याउने काम नगर्न चेतावनी दिए ।

ओलीले देश चलाउने काम ठट्टाको विषय नभएको र राजनीतिकताको मामिलामा संवेदनशील भएर अघि बढ्नुपर्ने बताए ।

‘पासपोर्ट रोक्का रे, डाँडो काट्न नहुने रे ! सुशीला कार्कीको डरले केपी ओली भाग्छ?’ ओलीले प्रश्न गर्दै भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिन । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन ।’

उनले आफू र पार्टी जेल भोगेर आएको र देशको स्वाभिमानका लागि आवश्यक परे बलिदान दिन तयार भएको बताए ।

वर्तमान सरकारलाई ‘बलमिच्याइँले बनेको’ भन्दै संविधानअनुसार गठन नभएको ओलीको भनाइ छ ।

ओलीले राष्ट्रपतिले विगतमा चुनावको मिति तोकेको स्मरण गर्दै, अहिलेको सरकार ‘नेपालीको नभएर कुनै विशेष उद्देश्यले काम गरिरहेको’ हुनसक्ने आशंका व्यक्त गरे ।

https://www.facebook.com/reel/1315364319523976