
काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि त्यसको विकृत रुप हाइड्रोपावर परियोजनामा पनि देखिएको छ । सिन्धुपाल्चोकका १४ वटा हाइड्रोपावरमा जेन जी समहुको नाममा १० प्रतिशत निःशुल्क सेयरमा गर्दै उक्त सेयर नदिए परियोजना सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् ।
सिन्धुपाल्चोकमा सञ्चालनमा रहेका र निमार्णधिन १४ वटा हाइड्रोपावरहरुले १० प्रतिशत सेयर निशुल्क आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने माग गर्दै उक्त सेयर नदिए परियोजना सञ्चालन गर्न नदिने चेतावनी दिएका हुन् ।
जिल्लाको भोटेकोशी गाउँपालिकामा रहेको ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत आयोजनामा जेनजी युवाहरुले सेयर नदिएको भन्दै आयोजना बन्द धम्की दिएपछि आयोजना २८ दिनदेखि बन्द छ । जेनजी समुह सहितका युवाहरुले धम्की दिएपछि आयोजनाका कर्मचारीले २८ दिन अगाडि आयोजना बन्द गरेका थिए ।
पछि नेपाली सेनाले सुरक्षा दिए पनि आयोजना सञ्चालन गर्ने वातावरण नभएको भन्दै आयोजना सञ्चालनमा आउन नसकेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।
प्रत्यक्ष वैदेशिक लगानीमा निमार्ण भएको पहिलो जलविद्युत आयोजनाबाट सन् २००१ मा व्यवसायिक उत्पादन सुरु भएको थियो । आयोजना अमेरीकी कम्पनी पाण्डा इनर्जीले निमार्ण गरेको थियो । जसमा ३० प्रतिशत इक्वीटी र र ७० प्रतिशत ऋण लगानी भएको थियो ।
परियोजना निमार्णको ऋण लगानी विश्व बैंक अन्तरगको अन्तर्राष्ट्रिय वित्त निगम र जर्मनीको ‘डिइजी जर्मनी’ ले गरेका थिए । आयोजना निमार्ण गरेको पाण्डा इनर्जीले २००६ मा आयोजनाको सेयर नेपाली लगानीकर्तालाई बिक्री गरी ९५ प्रतिशत लगानी फिर्ता लगेको थियो भने ५ प्रतिशत लगानी अहिलेपनि कम्पनीकै छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको शिवश्री हाइड्रोपावर कम्पनीमा पनि १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियलाई निशुल्क रुपमा दिनुपर्ने माग सहित पत्र पठाएको र ३० असोजसम्मको अल्टिमेटम दिदै माग पुरा नभए आयोजना बन्द गर्ने चेतावनी दिइएको इप्पानका अध्यक्ष गणेश कार्कीले क्लिकमान्डुलाई बताए ।
शिवश्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि सेयर जारी गर्ने नेप्सेमा सुचिकृत भएर सेयर कारोबार भइरहेको छ । शिवश्री हाइड्रोपावरले २२.२ मेगावाट क्षमताको परियोजना निमार्ण गरी सञ्चालनमा ल्याएको छ ।
यस्तै बलेफी गाउँपालिकाको बेलेफी खोलामा रहेका बेलेफी हाइड्रोपावर र अप्पर बलेफी हाइड्रोपावर परियोजनामा पनि १० प्रतिशत सेयर निशुलक रुपमा दिनुपर्ने माग गर्दै नदिए परियोजना सञ्चालन गर्न नदिने चेतावनी दिएको इप्पानले जनाएको छ । अपर बलेफी खोला परियोजना ३६ मेगावाट क्षमताको छ । त्यस्तै बेलेफी हाइड्रोपावर परियोजना ४६ मेगावाट क्षमताका छन् ।
यस्तै सिन्धुपाल्चोकमा नै रहेका मुनलाइट हाइड्रोपावर, सेवा हाइड्रो, राइजिङ हाइड्रोपावर प्राली, गाउँघर उज्यालो साना हाइड्रोपावर प्रालि, याम्बलिङ हाइड्रोपावर प्रालि, सिता हाइड्रोपावर प्रालि, लगायत १४ वटा परियोजनामा १० प्रतिशत सेयर स्थानियलाई निशुल्क दिनुपर्ने माग सहित जेन समुह लगायका युवाले अयोाजना सञचालन गर्न नदिने चेतावनी दिएका हुन् ।
२३ र २४ भदौमा भएको जेन जी आन्दोलनपछि जिल्लामा जेन जी समुह भन्दै स्थानीलाई निशुल्क सेयर दिनुपर्ने मागसहित हाइड्रोपावर परियोजनामा धम्कीसहितको पत्र पठाइएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले बताएको छ ।







प्रतिक्रिया