मोबाइल नेटवर्कका १० प्रतिशत ग्राहक अझै टुजीमाहुँदा थ्रीजी भने फेजआउटकै चरणमा पुगिसकेको छ । सेवाप्रदायकले फोरजीलाई देशव्यापी बनाउन थालिसक्दा पनि अवको आवश्यकताको फाइभजीमा भने चासो देखिएको छैन ।

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका दूरसञ्चार कम्पनीले फोरजी सेवालाई प्राथमिकता दिन थालेका कारण थ्रीजी फेजआउट हुने चरणमा पुगेको छ । हाल नेपालमा थ्रीजीका प्रयोगकर्ता ८ लाख ६९ हजार मात्रै छन् । यो तथ्यांक ब्रोडब्याण्डका कुल प्रयोगकर्ता २ करोड ९१ लाखको २ प्रतिशत मात्रै हो ।
यो तथ्यांकमा नेपाल टेलिकमको थ्रीजी प्रयोगकर्ता निजी क्षेत्रको सेवाप्रदायको तुलनामा बढी छ । टेलिकको थ्रीजी प्रयोगकर्ता ७ लाख ५४ हजार छन भने एनसेलको जम्मा १ लाख १५ हजार मात्रै छ । प्रविधिको प्रयोगसँगै चौथो पुस्ताको मोवाइल डेटा सेवा फोरजीको अधिकतम प्रयोगमै सेवाप्रदायक लाग्न थालेका छन् ।
थ्रीजीको तुलनामा नेटवर्क तथा भ्वाइस तथा डेटा सेवामा फोरजी नै उपयुक्तको निकर्ष निकाल्दै सेवाप्रदायकले थ्रीजी विस्तापन गर्न खोजेका छन् । तर प्रयोगकर्ताको हिसावले अझै उल्लेख सेवाग्राही रहेको टुजी भने चलाइरहनुपर्ने बाध्यता सेवाप्रदायकलाई छ ।
एनसेलले गत फागुन अन्तिम साता राजधानीमा आयोजना भएको एक सार्वजनिक कार्यक्रममा सन् २०२५ बाट थ्रीजी सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । एनसेलले थ्रीजी बन्द गर्ने घोषणासँगै देशैभर फोरजी नेटवर्क मात्रै सञ्चालन गर्ने रणनीति बनाएको हो।
सरकारी स्वामित्वका नेपाल टेलिकमले भने थ्रीजी सेवालाई ग्राहकको आवश्यकता अनुसार निरन्तरता दिने भनेको छ भने यसले निजी कम्पनीको जस्तो थ्रीजी बन्द गर्ने र फोरजीलाई मात्रै देशव्यापी बनाउने घोषणा गरेको छैन । तर, टेलिकमले पनि फोरजी नेटवर्कलाई देशव्यापी बनाइरहेको छ भने यसका पनि थ्रीजीका प्रयोगकर्ता स्वतःस्फूर्त रुपमा घटेका कारण यसले त्यो नेटवर्कलाई बाध्य भएर फोरजीमा अपग्रेडको बाध्यतामा छ ।
टुजीका प्रयोगकर्ता ३२ लाख हुनु भनेको भ्वाइस सेवा मात्रै लिने र बार फोन चलाउने ग्राहकको हिस्सा अझै उल्लेख्य देखिनु भएको नेपाल दूरसञ्चार प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार ग्राहकको सेवाका लागि सेवाप्रदायकले थ्रीजी नदिएर फोरजी दिँँदा ग्राहक पनि सोही अनुसार अभ्यस्त हुँदै जानुपर्छ । यसको अर्थ हाल थ्रीजीसम्म मात्रै चल्ने मोबाइल सेट पनि फोरजी चल्ने क्षमताको भने हुनुपर्छ । तर बजारमा आएका पछिल्लो समयको सबैजसो स्मार्टफोनमा फोरजी चल्ने, टेलिकम सेवाप्रदायकले पनि सोही अनुसार क्षमता विस्तार गरेकोले थ्रीजी बन्द गर्दैमा ठूलो असर नपर्ने उल्लेख छ ।
यसअघि स्मार्ट टेलिकमले डेटा सेवामा थ्रीजी नदिइ एकैपटक फोरजीमा सेवा दिएको थियो । त्यही अनुसार ग्राहकलाई अभ्यस्त बनाउन सकेको थियो । तर विडम्बना उक्त दूसरसञ्चार सेवा नियामकी शर्त पालना गर्न नसकेर बन्द हुन पुग्यो ।
थ्रीजी सेवाको सुरुवात २०६४ जेठ ३ बाट भएको हो । सरकारी स्वामित्वको नेपाल टेलिकमले काठमाडौं उपत्यकाबाट सुरु गरेको यो सेवामा २०६७ भदौ अन्तिमदेखि एनसेल थपियो । यसले ग्राहकलाई थप लाभान्वित बनाउन सहज हुँदै गयो ।
दुवै सेवाप्रदायकले थ्रजी सेवालाई विस्तार गर्दै लगेका थिए । नेपाल टेलिकमले २०७३ को असोजमा देशैभरका ७५ जिल्लामा थ्रीजी सेवा पुर्याउन सफल भएको थियो । २०७३ पुसमा भने टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) सुरु गर्यो ।
एनसेलले २०७४ जेठमा फोरजी सञ्चालनको अनुमति पाएको हो । टेलिकमभन्दा साढे ५ महिनाजति ढिलो फोरजीको सेवा सञ्चालनको अनुमति पाएको एनसेलले टेलिकमभन्दा पहिले देशैभर सेवा पुर्याउन सफल भयो ।
एकैवर्ष ७३ लाखले घट्यो थ्रीजी प्रयोगकर्ता
टेलिकम सेवा प्रदायकको तथ्यांकअनुसार नेपालमा एकै वर्ष करिब ७३ लाखले थ्रीजी प्रयोगकर्ता घटेका छन् । नेपाल टेलिकम र एनसेलले फोरजी सेवालाई प्रोत्साहन गरेका र ग्राहकको रुची अनुसारको गति र सेवा दिनुका साथै बजारमा फोरजी चल्ने मोबाइल सेटको खपत बढेकोले पछिल्लो एक वर्षमा करिब ७३ लाख प्रयोगकर्ता थ्रीजीबाट फोरजीतर्फ गएका छन् ।
दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार २०८१ म ७१ लाख थ्रीजी प्रयोगकर्ता रहेकामा २०८२ को साउनसम्ममा यो संख्या ८ लाख ६९ हजारमा सिमित भएको छ । यो संख्यामा पनि टेलिकमको मात्रै ७ लाख ५४ हजार थ्रीजी प्रयोगकर्ता छन् भने एनसेलको १ लाख १५ हजार रहेको छ ।
यो अवधिसम्ममा एनसेलको फोरजी प्रयोगकर्ता १ करोड १५ लाख छ भने नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता ७ लाख ५४ हजार रहेको देखिन्छ ।
फाइभजीमा सेवाप्रदायकको चासो न्यून
पछिल्लो समय फोरजी देशव्यापी भइसकेको र थ्रीजी फेजआउट हुने चरणमा रहेको भएपनि फाइभजीमा टेलिकम सेवाप्रदायकले चासो देखाएका छैनन् ।
नेपाल टेलिकमले फाइभजीको परीक्षण अनुमति लिएर त्यसको प्रभावकारिताको प्रतिवेदन सार्वजनिक गर्ने आवश्यकता नै ठानेन। सरकारले टेलिकमलाई मात्रै च्यापेको र एनेसेलप्रतिको विभेदका कारण यसले फाइभजीमा चासो नै देखाएन ।
सरकारले गत वर्ष भदौमा एनसेलको लाइसेन्स नवीकरण गर्दा पाँच वर्षपछि सरकारी स्वामित्वमा आउने शर्त राखेका कारण एनसेलले थप लगानी गर्न, गुणस्तर र सेवा प्रवाहमा थप प्रतिस्पर्धा गर्न रुची देखाएको छैन । एनसेलले रुची नदेखाएकै कारण फाइजीमा लगानी गर्न टेलिकमले आँट गर्न सकेको छैन ।
सरकारले पनि सेवाप्रदायकलाई फाइभजीमा जान सहजीकरण गर्ने वातावरण बनाउन सकको छैन । जसले गर्दा नेपालमा फाइभजीको उपलब्धी र आवश्यकता नै सेवाप्रदायकले देखाएका छैनन् भने टेलिकम सेवाप्रदायकको पछिल्लो सय घट्दै गएको आम्दानीका कारण फाइभजीमा स्थायित्व पनि देखेका छैनन् ।
दूरसञ्चार प्राधिकरणका एक उच्च अधिकारीका अनुसार समयमा हुन नसकेको निर्णयले टेलिकम क्षेत्रको विकास नै रोकिन पुगेको छ । पछिल्लो समय दूरसञ्चार प्राधिकरणको नेतृत्वको निर्णय गर्ने क्षमता कमजोर हुनु र सरकारले पनि यो क्षेत्रलाई वेवास्ता गर्नुको कारण आम उपभोक्ता प्रविधिको प्रयोगमा पछि परिरहेका छन् ।








प्रतिक्रिया