
एजेन्सी । सर्जिओ गोर भारतका लागि सबभन्दा कान्छा अमेरिकी राजदूत बनेका छन् ।
अमेरिकी सिनेटले मंगलवार ३८ वर्षीय गोर सहित एकैपटक १०७ जना व्यक्तिको नियुक्तिलाई स्वीकृति दिएको थियो ।
गोरका पक्षमा ५१ सिनेटरले मत दिएका थिए भने ४७ जना विपक्षमा थिए ।
गोरले एरिक गार्चेत्तीलाई विस्थापित गर्नेछन् । डेमोक्रेटिक पार्टीले नियुक्त गरेको गार्चेत्ती गत जनवरी महिनामै क्यालिफोर्निया फर्केका थिए ।
दक्षिण एसियाली मामिलाका लागि उपमन्त्रीका रूपमा पल कपुर नियुक्त भएका छन् ।
गत अगस्ट महिनामा ट्रम्पले गोरलाई भारतका लागि राजदूत पदमा मनोनयन गरेका थिए । उनलाई दक्षिण एसिया र मध्य एसिया मामिलाका विशेषदूत पनि बनाइएको थियो ।
उनले ट्रम्पको मेक अमेरिका ग्रेट अगेन एजेन्डालाई लागू गर्ने बताइएको छ ।
गोरले जर्ज वाशिङटन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन् । उनले सन् २००८ मा राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका थिए ।
उनले विभिन्न सरकारी संस्थाहरूमा सञ्चार सम्बन्धी काम गरेका छन् ।
उनले ट्रम्पका छोरा डोनल्ड ट्रम्प जुनियरको संस्था विनिङ टिम पब्लिशिङका प्रमुख कार्यकारी अधिकृतका रूपमा पनि काम गरेका थिए ।







प्रतिक्रिया