
काठमाडौं । नेपालमा लीपमोटरका सवारी साधनहरूको आधिकारिक र एकमात्र वितरक सांग्रिला मोटर्स प्रालिले बहुप्रतिक्षित लीपमोटर बी१० को वितरण सुरु गरेको घोषणा गर्दै नेपालका इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा नयाँ युगको सुरुवात भएको जानकारी गराएको छ ।
लीपमोटर बी१० मा १६० किलोवाटको शक्तिशाली रियर व्हील ड्राइभ मोटर र ६७.१ किलोवाट ब्याट्री क्षमता रहेको छ, जसले एकै चार्जमा ६०० किमी दूरी तय गर्ने कम्पनीले दाबी गरेको थियो । आराम र व्यावहारिकता दुवैको लागि निर्मित, यसले १८० एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गर्दछ । यसमा १४.६ इन्च २.५ के एचडी टचस्क्रिन, रेकर्डिङ सहितको ३६० डिग्री क्यामेरा, हिटिंग र भेन्टिलेसन फङ्क्सन सहितको प्रिमियम लेदरेट सिटहरू र सेग्मेंटकै सबैभन्दा ठूलो प्यानारोमिक सनरुफ विथ सनशेड जस्ता सुविधाहरु रहेका छन् ।
नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा उत्साहजनक स्वागत प्राप्त गरेपश्चात लीपमोटर बी१० ले यसको आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र उत्कृष्ट प्रदर्शनका कारण व्यापक ध्यान आकर्षित गरेको छ । चीनबाट बी१० को पहिलो ढुवानी आइपुगेसँगै नेपालभरका ग्राहकहरूले अन्ततः दिगो र स्मार्ट ड्राइभिङ्गको अनुभव लिन सक्ने भएका छन् ।
सांग्रिला मोटर्स प्रालि नेपालमा एक अग्रणी अटोमोबाइल वितरक कम्पनी हो र यसले पूजो, सिट्रन र लीपमोटर जस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई प्रतिनिधित्व गर्दछ । कम्पनी थापाथली र उत्तरढोका, काठमाडौंमा अवस्थित आधुनिक शोरूममार्फत उच्च गुणस्तरीय सवारीसाधन, उत्कृष्ट ग्राहक सेवा र नवप्रवर्तनात्मक मोबिलिटी समाधान प्रदान गर्न प्रतिबद्ध छ । नेपालले विद्युतीय गतिशीलतालाई अँगाल्दै गर्दा, सांग्रिला मोटर्स स्वच्छ र स्मार्ट भविष्यतर्फ अग्रसर रहिरहेको छ ।







प्रतिक्रिया