
एजेन्सी । फ्रान्सका प्रधानमन्त्री सेबास्टियनले सोमवार पदबाट राजीनामा दिएका छन् ।
उनको राजीनामा राष्ट्रपति इम्मानुएल म्याक्रोनले स्वीकृत गरिसकेको बताइएको छ ।
लेकोर्नु गत सेप्टेम्बर ९ मा प्रधानमन्त्री बनेका थिए । उनी सत्तामा एक महिना पनि टिक्न सकेनन् ।
फ्रान्समा सन् २०२५ मा मात्रै दुई प्रधानमन्त्री बनिसकेका छन् । संसदमा कुनै पनि दलको बहुमत नरहेकाले प्रधानमन्त्री टिक्न मुश्किल पर्ने गरेको छ ।
फ्रान्सेली जनतामा राष्ट्रपति म्याक्रोन र सत्तारूढ नेताहरूप्रति चरम आक्रोश छ ।








प्रतिक्रिया