
काठमाडौं । देशभरको प्रमुख राजमार्गमध्ये दश सडक खण्ड सुचारु भएको छ भने सात सडक खण्ड अझै अवरुद्ध छन् ।
सडक विभागका अनुसार नागढुङगा मुग्लिन सडक सुचारु भएको छ । यस्तै नारायणगढ बुटबल, मुग्लिन नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, अरनिको राजमार्ग, कालिगण्डकी कोरिडर(डेढगाउँदेखि गैडाकोट), धरान धनकुट्टा र हिले पाख्रिवास लेगुवा बाढी पहिरो र डुवानपछि आइतबार राति ९ बजेपछि सञ्चालनमा आएको छ । यसमध्ये अरनिको राजमार्ग भने अहिलेसम्म एकतर्फी मात्रै खुला भएको छ ।
यस्तै काठमाडौं फर्पिङ भैसै हेटौडा सडक पहिरोका कारण सुचारु भएको छैन । त्यस्तै कान्ति लोकपथ, मेची कोरिडरको विभिन्न खण्ड पनि अवरुद्ध रहेका छन् । हुलाकी राजमार्गअन्तर्गत बीरगञ्ज खण्ड अवरुद्ध छन् । महेन्द्र राजमार्गको भालु खोला नजिक अवरुद्ध छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत रामेछाप सिन्धुली, खुर्कोट घुर्मि खण्ड अवरुद्ध छन् । यसैगरी गरी मेची राजमार्गको माइखोला, पुवा खोला, राके फिदिम खण्ड अवरुद्ध छन् ।
यसैबीच बाढी पहिरो र डुवानबाट क्षतिग्रस्त भएको सडक खण्डहरु तत्कालै मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्देशन दिएको छ ।
आइतबार बसेको मन्त्रीस्तरीय बैठकबाट क्षतिग्रस्त सडक र पुल निर्माण र मेशिनरीको प्रयोग गर्न सम्बन्धित खर्च शिर्षकमा बजेट बिनियोजन कम भएको वा बजेट बिनियोजन नभएको अवस्थामा कार्यालयका लागि बिनियोजित निर्माणको अन्य शिर्षक र कन्टेन्जेन्सीबाट एक तह माथिको अधिकारीलाई जानकारी गराएर तत्काल काम सुरु गराउने निर्णय गरेको छ ।







प्रतिक्रिया